यस उद्योगले आफ्ना उत्पादनहरुको उत्पादनका क्रममा प्रभावितहुनेक्षेत्रहरु मध्ये दाङ जिल्लाको घोराही उप–महानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८, १९ साथै दाङ जिल्ला, बंगलाचुली गा.पा. वडा नं. ३, ४ र रोल्पा जिल्ला त्रिवेणी गा.पा. वडा नं. ३, ४ का बासिन्दाहरुको निमित्त यस साधारण शेयर निष्काशन गरीएको छ । निष्काशन गर्न लागिएको ७९,४३,८०१ कित्ता मध्ये ७,५४,६६१ कित्ता शेयरहरु स्थानिय बासिन्दहरुका लागि कम्पनिले सर्वसाधारणका लागि तोकिएको मुल्य भन्दा रु.३५/– छुट गरी अंकित मूल्य रु. १००/– मा प्रिमियम बापत रु.३००/– थप प्रति शेयर रु. ४००/– का दरले निष्काशन गर्न लागेको छ ।
आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि साधारण शेयरको बिक्री खुल्ला मिति २०८० साल बैशाख १९ गते देखि छिटोमा जेष्ठ ०२ गते सम्म र ढिलोमा जेष्ठ १७ सम्म जारी गरीएको छ । जसमा कम्तीमा १० कित्ता र बढिमा १,००,००० कित्ता सम्म दरखास्त दिन सकिनेछ । दरखास्तका लागी विवरणपत्र र दरखास्त फारम घोराही उपमहानगरपालिकामा रहेको आफ्ना पाएक पर्ने बैंक तथा वित्तिय संस्थाबाट लिन सकिनेछ ।
नेपालको उद्योगीकरण र व्यापार प्रवद्र्घनमा उल्लेखनीय योगदान पुर्याउँदै राष्ट्रको विकाशमा हातेमालो गर्ने लामो इतिहास बोकेका प्रख्यात त्रिवेणी समूह बाट प्रबर्धित यस घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योग मध्ये पर्दछ । हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा सिमेन्ट अन्तर्गत क्लिंकर तथा ४३ र ५३ ग्रेडमा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्रि वितरण बजारमा उपलब्ध गराँउदै आईरहेको छ ।